नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुन लागेको मिस्टर मकवानपुर २०८० प्रतियोगितको तयारी पुरा भएको छ ।

असोज १३ गते हुने मिस्टर मकवानपुर प्रतियोगितको तयारी पुरा भएको शुक्रकार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालले बताए ।

अध्यक्ष राजेश भेटवालले बताए अनुसार सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि फारम खुल्ला गरीएको हो भने असोज १० गते भित्र फारम भर्नेहरु प्रतियोगिताको लागि तयारीमा छन् ।

मकवानपुरको स्थायीवासी प्रमाण भएकाहरुलाई बसोबासको नागरिकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारिस पत्र भएकाहरुलाई सहभागी फारम भराइएको र ४५ प्रतियोगितामा उत्रने छन् ।

हेटौंडा २ स्थित पल्पसा सदनमा असोज १३ गते शनिबार अप्रान्ह ४ बजे कार्यक्रम शुरु हुने छ ।

 

प्रतियोगितामा महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन, युवाहरुलाई शारिरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्य प्रति सचेत र प्रतिवद्ध बनाउन कार्यक्रम आयोजना गरिएकोअध्यक्ष भेटवालले बताएका हुन् ।

महासंघका उपाध्यक्ष सुनील लोप्चनको संयोजनमा तय गरिएको प्रतियोगितामा मिस्टर मकवानपुर,वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने अध्यक्ष भेटवालले बताए ।

हेटौंडा उपमहानगर पालिकाको मेयर मीना कुमारी लामाद्धारा प्रतियोगिताको उद्धाटन हुने छ भने करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।