मनहरी गाउँपालिकाको कार्यालयले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई बन्धक बनाएको घटनाप्रति प्रेस चौतारी नेपाल मकवानपुर शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सचिव रुपक कालिराज द्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी  प्रेस विज्ञप्तीमा मनहरी गाउँपालिका र गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको विषयमा केहीदिन अघि सञ्चार माध्यममा राजस्व हिनामिना गरेको प्रकाशित समाचारको विषयमा सत्यतथ्य जानकारी गराउने भन्दै लामिटारको सभाहलमा भदौ ३० गते आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई बन्धक बनाएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

मकवानपुरको मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको उत्खनन् तथा विक्री वितरण गर्दा करोडौँ रकम अनियमिता गरेको पाइयो भन्दै शुक्रबार अखबारहव डटकमले समाचार प्रकाशन गर्यो ।

जिल्ला अनुगमन समिति मकवानपुरको निर्णयलाई व्यवस्था गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको करिब १६ करोड ३६ लाख राजस्व हिनामिना गरेको पाइएको हो भन्दै प्रकाशित समचारले तरंग ल्याएपछि पत्रकार सम्मेलनको सूचना आयो ।

प्रकाशित गरेको समाचारप्रती आपत्ती जनाउदै जानकारी गराइने भन्दै शनिबार मनहरी ३ स्थित लामिटारमा पालिकाले आयोजना गरेको सम्मेलनमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उक्त समाचार बारे बताउने भन्दै पत्रकारहरु बोलाए ।

उक्त सम्मेलनमा  पत्रकारहरु पुगेका थिए ।

पत्रकार सम्मेलनमा सयौको संख्यामा बिभिन्न युवाहरुको भिड देखिएपछि असुरक्षा महसुसका कारण  पत्रकारहरु निस्कने प्रयास गर्दा गेटै बन्द गरेर पत्रकारहरुलाई  बन्धक बनाए ।

सहभागी  पत्रकारले सुरक्षा निकायलाई जानकारी गराएर प्रहरीको सुरक्षाका बिच पत्रकार सम्मेलनको सुरु भएको थियो ।
पत्रकारहरुलाई असुरक्षाको अवस्था सृजना भएपछी जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी पुगेर सुरक्षा दिइएका थिए।

यता पालिका अध्यक्ष कालाखेतीले भने पत्रकार सम्मेलन गर्ने सूचना आफ्नो अफिसियल पेजमा राखेकै कारण युवाहरु कार्यक्रम स्थलमा आएको बताए ।

पत्रकार सम्मेलनमा  अध्यक्ष कालाखेती, ८ नम्बर वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सीशाखा प्रमुख डिल्लीराम रेग्मी  १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नम्बर वडाध्यक्ष प्रकाश थापा, ५ नम्बर वडाध्यक्ष दीपेन्द्र अधिकारी, ७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङ लगायत कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

……………………………….

प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती
मनहरी गाउँपालिका र गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिको विषयमा केहीदिन अघि सञ्चार माध्यममा राजस्व हिनामिना गरेको प्रकाशित समाचारको विषयमा सत्यतथ्य जानकारी गराउने उद्देश्यले गाउँपालिकाले गाउँपालिकाको कार्यालय, लामिटार सभाहलमा आज मिति २०८० भदौ ३० गते आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई बन्धक बनाएको घटनाप्रति प्रेस चौतारी नेपाल मकवानपुर शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
जिम्मेवार स्थानीय सरकारले पत्रकार सम्मेलनमा आफै आमन्त्रण गरेको पत्रकारहरुको सुरक्षा लिन नसक्नु, सयौँ बाहिरी व्यक्तिहरुलाई पत्रकार सम्मेलन परिसरमा प्रवेश गर्न लगाएर बन्धक बनाउने, गाली गलौज गर्ने जस्ता कार्य प्रति खेद प्रकट गर्दछौं । पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित हुँदा समेत पालिकाका जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको र असुरक्षित भएर पत्रकारहरूले नै प्रहरी र प्रशासनसंग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुले प्रेस स्वतन्त्रतामाथि नै गम्भिर आघात पुयाएको चौतारीको ठहर छ ।
नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षामा क्रियाशील संचारकर्मी तथा संचार माध्याम माथि गरिने यस्तो हर्कत आगामी दिनमा नदोऱ्याउनका लागि सम्बन्धित पक्षलाई प्रेस चौतारीले ध्यानाकर्षण गराउँदछ ।
मिति : २०८० /०५/३०
रुपक कालिराज सचिव
प्रेस चौतारी नेपाल मकवानपुर