


नेपाल मनव अधिकार सङ्गठन मकवानपुर द्वाराा आयोजित छाँयादेवि स्मृति मानव अधिकार सम्मान -२०८० बाट कृष्ण प्रसद दहाल सम्मान भएका छन् ।
सङ्गठन अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्य्क्षता, जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा दाहाललाई नगद ५ हजार र सम्मानपत्र सहित सङ्गठले सम्मान गरेको हो।
शनिवार आयोजित सम्मान -२०८० सातौं साधारण सभा तथा महिला विरुद्धको भेदभाव सम्बन्धमा CEDAW
प्रशिक्षण सहित सचेतना कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष र हालका सल्लाहाकार समेत रहेका कृष्ण प्रसाद दाहालसम्मानित भएका हुन् ।
कार्यक्रममा महिलाको हक अधिकार, समनताको लागि गर्नुपर्ने भुभिका र कानुनी व्यवस्थावारे मानव अधिकार सङ्गठन बागमती प्रदेश अध्यक्ष अप्सरा बस्नेतले जानकारी दिइन् ।
अध्यक्ष बस्नेतले महिलामाथी हुने बिभेदको विषयमा बोल्दै अन्त्य गर्नका लागी सबैको अहम् भुभिकामा खटिनुपर्ने बताइन् ।
सातौं साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक प्रतिवेदन र अध्यक्ष प्रतिवेदन पेश गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्