सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तरगर्त घरघरमा माओवादी,जनजनमा माओवादी जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको सूरुवात गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडाबाट भर्चुअलको माध्यमले शनिवार देशभर ६हजार ७ सय ४३ वटा वडामा एकै पटक अभियानको एकसाथ उद्घाटन गरेपछि ३ महिन बिशेष रुपान्तरण अभियान चलेको हो ।
देशमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्र भएकाले आउंदा दिनमा जनताको ‘मन जितेर कामहरु गरिनु पर्ने अध्यक्ष दाहालको निर्देशन छ ।

यही निर्देशन अनुसार हजो पनि जनतकै पार्टी, आज पनि र भोली पनि जनताकै पार्टी भएकाले भूल सुधार गरेर जनतासङ्ग एकाकार हुन समाजबाद्तर्फको जनतकै पक्षम आन्दोलनमा छौं भन्ने अभियान रहेको नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले बताएका छन् ।

रातो समाचार संगको कुराकानीमा  सदस्य डिपी ढकालले जनयुद्धको समयमा १७ हजार नागरिक मारिएको विषयमा जसले कांक्रो चोरेर खाने अनि उसलै अरुको गालामा विंया टांस्ने तरिका भएको र संसदवादीहरुले यसको जिम्मा लिनु पर्ने उनको भनाई छ ।

आरोप अनुसार १७ हजार नभएर माओवादी नै ११ हजार गरि १४ हजार आसपास देशका जनताले ज्यान गुमाएर जनताको लागि ल्याएको नीति देशमा समानता, महिला अधिकार, दलितहकहित लगायतका काम सहि हुने तर, पार्टी गलत बनाइएको केन्द्रीय सदस्य  ढकालले बताए ।

तिनमहिने अभियानलाई व्याख्या गर्दै  केन्द्रीय सदस्य  ढकालले  भने “यसअघि माओवादी हिडीरहेको थियो । अब दौडिएको हो र आउंदा दिनमा कसैलाई काँधमा बोक्दैन ।”