बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको मुटु मानिने बुद्धचोकमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीले नाराबाजी सहित विरोध प्रर्दशन गरेका छन् ।

नगरिकहरुको घरघरमा प्रयोग हुने दैनिकी उपभोग्य ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य विद्धि भयो भन्दै सोमबार सांझ विरोध प्रर्दशन गरेका हुन् ।

अनेरास्वयवीयु मकवानपुर जिल्लाका संयोजक अमृत बर्तौलाको सभाध्यक्षतामा आयोजित विरोध कार्यक्रमलाइ सम्बोधन गर्दै मुल्य वृद्धिको कारणले गरिब जनताहरुको मनमा आगा बलिरहेको अवस्थामा ग्यास तथा प्रेट्रोलिम पदार्थको मूल्य बढाइएकोमा अब मुल्य नघटे सम्म आनदोन गरिने बताए ।

सम्बोधनमा देशको जनताहरुलाइ समस्या परेको समयमा गलत कार्य रोक्न रजनताको पक्षमा अनेरास्ववीयु लागिहरेको बताए ।

मकवानपुर जिल्ला संयोजक अमृत बर्तौला, केन्द्रीय सदस्य भुवन मैनाली, स्ववियु सभापति अभि मैनाली लगागायतको उपस्थितिमा गरिएको बिरोध कार्यक्रममा मुल्य वृद्धिको कारणले यातायात भाडा महङगो तिर्नुपर्ने देखि बिभिन्न समस्या जनतामै आइपर्ने भएकाले जनताहरुको कष्ट न्युनिकरणका लागि आन्दोलनमा पछि नहट्ने उल्लेख गरेका छन् ।

सरकारले मुल्य वृद्धि गरेर आन्दोलनमा उत्रन बाध्य बनाएको र सुन काण्डको हेरफेरमा पनि यहि सरकारको चाल रहेको उल्लेख गर्दै यसको विरुद्धमा घोर आन्दोलन गरिने घोषणा गरेका हुन् ।

गठबन्धन सरकारले आफ्नो उद्देश्य पुराको लक्ष्यमा पुग्न सत्ताको दुरुपयोग गरेर देशमा अत्याधिक मूल्य वृद्धि गरेर जनतालाई दुःख दिने काम गर्दै भ्रष्टचारको कुराहरु लुकाउन खोजिरहेको युनियन जिल्ला कमिटीको भनाई छ ।

जबसम्म मूल्य वृद्धि रोकिदैन आन्दोलन जारी राख्ने भन्दै गठबन्धन सरकार विपक्षमा नारा लगाइएको थियो ।