बागमती प्रदेशको हेटौंडामा रहेको रिलायन्स इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य तथा प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ सम्मानित भएका छन् ।

एक्जिटो एजुकेशन अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित एक्जिटो इण्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ अन्तर्गत श्रेष्ठ सम्मानित भएका हुन् ।

उक्त पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी लिंकन यूनिभर्सिटीका कुलपति दातुक प्रोफेसर डा. एच.जे.एच. विबी फ्लोरिना अब्दुल्लाह र एक्जिटो एजुकेशन अष्ट्रेलियाका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा सम्मन प्रदान गरेका हुन् ।

सिंगापुरको लोटस ब्रिज इण्टरनेशनल स्कुल र मलेसियाको लिंकन यूनिभर्सिटी कलेजले पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको भने आयोजक र सभाको अनुमतिमा प्राप्त पदक र सम्मान आफ्नो प्रत्येक कार्यमा धर्मपत्नीको साथ र सहयोग रहेको भन्दै पत्नी ऋतु श्रेष्ठलाई सम्मान गरेका थिए ।

अनुजा मिडियाले संयोजन गरेको उक्त कार्यक्रममा  कार्यक्रम संयोजक समेत रहेकी मिडियाकी अध्यक्ष अनुजा आचार्यले कार्यक्रमको आगामी संस्करणहरू क्रमशः अष्ट्रेलिया र लण्डनमा गराइने बताइन् ।

एक्जिटोले सर्वेक्षण गरेका नेपालका ५सय भन्दा बढी मोण्टेश्वरी, विद्यालय एवम् कलेजहरू मध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका विद्यालय तथा कलेजका संस्थापक, सञ्चालक एवम् प्राचार्यहरूलाई समेत १२ वटा विधामा पुरस्कार तथा सम्मान गरिएको छ ।

ूसिंगापुर र मलेसियामा आयोजित उक्त अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा लिंकन विश्वविद्यालयका कुलपति दातुक प्रोफेसर डाक्टर एच.जे.एच. विबी फ्लोरिना अब्दुल्लाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियाका राजदुत दातो महामहिम डाक्टर मोहम्मद युसुफ ए बकारको विशिष्ठ आतिथ्यता रहेको थियो ।