बागमती प्रदेशकै राजधानी हेटौंडामा रहेको संस्कृत वेद विद्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० मकवानपुरको बेथिती अनियमितता तथा गुनासो सुनुवाई समितिको आयोजना शनिबार सरसफाई भएको हो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली, नगर कमिटी सभापति ध्रुब बिष्ट, नगर उपाध्यक्ष सपना कडेल, संगठन बिभाग प्रमुख विशालराज महत, अनियमितता तथा गुनासो सुनुवाई समितिका संयोजक दामोदर दाहाल, महेन्द्र श्रेष्ठ लगायतको सहभागितामा सरसफाई गरिएको हो ।
सरसफाई पश्चात विद्यालयलाई भरिएको ग्यास सिलिण्डर एक थान, तेल लगायतका भान्साको सामाग्री सहगोग गरिएको संगठन बिभाग प्रमुख विशालराज महतले बताए ।
विंसं २०५६ सालमा स्थापित संस्कृत वेद विद्यालयमा २७ जना विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् ।



















प्रतिक्रिया दिनुहोस्