शैक्षिक सत्र २०७९ को एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि न्यूनतम शुःल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् ।
बिभिन्न विषयमा शिक्षा प्रदान गरिने र विद्यार्थीहरुको भविष्य सूनिश्चित गरिने प्रतिवद्धता समेत जनाइरहेका छन् ।
यसै क्रममा हेटौंडा उपमानगर-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले पनि भर्ना खुलाएको छ। बागमती प्रदेशको राजधानी वडा नंबर २ मा रहेको बिद्द्यालयले शैक्षिक सत्र २०८०/०८१ को लागि कक्षा ११ मा नयाँ भर्ना खुलाएको हो।
शिक्षाको रुचि हुने बिद्यार्थीकालागी पुर्णाककै आधर मात्र नभएर १. ६ जिपिए देखि माथी जिपिए आएका हरेक बिद्यार्थीलाइ चाहेको विशयमा पढ्न पाउने व्यवस्था सहित भर्ना लिइने प्रधानाध्यापक मोहन प्रसाद शर्माले बताए।
(CTEVT अन्तर्गत) वनविज्ञान ३ वर्षे डिप्लोमामा पनि अध्यपन गराइने छ भने आउदो श्रावण ११ गतेभित्र आवेदन फाराम बुझाउन सकिने जानकारी दिए ।

विज्ञान, कानुन, वाणिज्य र शिक्षा संकायमा विभिन्न विषयको अध्ययन भएसंगैसिटीईभीटि तर्फ ३ वर्षे वन विज्ञान कक्षाको लागि भर्ना खुल्ला गरिएको बताउदै विज्ञान संकायको लागि विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब पुस्तकालहरुको सुविधा रहेको जानकारी दिए ।

यसपाली साइ न्समा ४५ जना कानुन् संकायमा ५० जना, एजुकेशनमा १सय जना र वाणिज्य संकायमा १ सय जना विद्यार्थी भर्ना लिइने बताए ।

प्रधानाध्यापक शर्मा भन्छन् ” हालै एसइइ उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई र सफलताको हार्दिक शुभकामना । अहिले प्राप्त गरेको जिपीए महत्वपुर्ण होइन । जिपिएले तँपाईको शिक्षा रोकिदैन । आगामी दिनमा ल्यायने जिपीए बारे सोच्नु । यसपालीको जिपीएमा निरास या खुसी तर्फ होइन आगामी दिनमा केही गर्छु भन्ने सोचमा अघि बढौं ।”
प्रधानाध्यापक शर्माले  बताए  अनुसार २०३२ सालमा स्थापना भएको विद्यालयमा प्राविबाट सूरु गर्न साथ तत्काल निमावि सूरु भएको थियो ।
शिक्षा स्तरलाई विस्तार गर्ने क्रममा २०४३ सालको पहिलो वर्ष नै मावि स्तरमा अध्यापन गराइन सूरु गरिएको हो भने २०६४ सालबाट प्लस टु सम्म पढ्न पाइने व्यवस्था भएको हो ।

शिक्षा स्तरलाई विस्तार गर्ने क्रममा २०४३ सालको पहिलो वर्ष नै मावि स्तरमा अध्यापन गराइन सूरु गरिएको हो भने २०६४ सालबाट प्लस टु सम्म पढ्न पाइने व्यवस्था भएको प्रधानाध्यापक शर्माले बताए ।

विद्यार्थीहरुको भविष्य सूनिश्चित र शैक्षक क्षेत्रमा विकास गर्ने अभियान अघि सार्दै २०७५ बाट कानुन् संकाय २०७६ सालबाट साइन्स र २०७७ सालदेखि सिटिइभिटि अन्तरगर्त ३ वर्षे वन विज्ञानको अध्यापन गराउदै आएको हो ।
विद्यार्थीहरुको भविष्य सूनिश्चित र शैक्षक क्षेत्रमा विकास गर्ने अभियान अघि सार्दै  २०७५ बाट कानुन् संकाय २०७६ सालबाट साइन्स र २०७७ सालदेखि सिटिइभिटि अन्तरगर्त ३ वर्षे वन विज्ञानको अध्यापन गराउदै आएको हो ।
यसपाली साइ न्समा ४५ जना कानुन् संकायमा ५० जना, एजुकेशनमा १सय जना र वाणिज्य संकायमा १ सय जना विद्यार्थी भर्ना लिइने बताए ।

सिद्धार्थ माध्यमिक विद्यालयलाई हेर्नेहो भने शिक्षा क्षेत्रमा क्रमस:परिवर्तन भैरहेको पनि छ ।

सोही क्रममा विद्यालय कार्यसम्पादन परीक्षण अनुसार सिद्धार्थ माध्यमिक विद्यालय जिल्लाकै सर्वोत्कृष्ट हुन सफल भैसकेको प्रधानाध्यापक शर्माले बताए।

हेटौंडाको सिद्धार्थ मावि शैक्षिक क्षेत्रमा अब्बल भएको उनको भनाइ छ ।
………………………….
विज्ञान (कम्प्यूटर विज्ञान सहित) कानून, वाणिज्य (कम्प्यूटर विज्ञान सहित) शिक्षा (ऐ. अङ्ग्रेजी, ऐ. गणित, ऐ. नेपाली, ऐ. स्वास्थ्य र शारीरिक शिक्षा संकायमा अध्यापन गराइने बताएका हुन। थप जानकारीका लागी सम्पर्क नम्बर ०५७-५२०७००, ९८५५०७१९८९०, ९८४५०५८७१५, ९८४५०७२२४७, ९८५५०७०६४७ सम्पर्क गर्न सकिने छ।
कक्षा ११ को कक्षा सञ्चालन श्रावण १० गते बिहान ६:०० बजेबाट हुने भएको हो।