सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा गएको शुक्रबार बिहान ट्रक कोशी नदीमा खस्यो  ।

प्रहरीका अनुसार पुलमा ट्रक ठोक्किँदा ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएपछि त्यही भागबाट ट्रक नदीमा खसेको हो भने नदीमा खसेको ट्रक पानीमा पुरै डुबेको थियो ।
ट्रकमा रहेका तीन जनाको भने उद्धार पनि भएको छ ।  ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भए ।
ट्रक कोशीको पुलबाट खसेपछि समाचार संकलनका लागि सञ्चारकर्मीहरु आए ।

दिउँसोतिर दुई भारतीय रिपोर्टिङका नाममा   Public Support 24 .युट्युव च्यानलको लोगो अंकित बुम माइक क्यामारा सहित एक पुरुष प्रमोद कुमार र एक महिला कोशी व्यारेजमा आइपुगे ।

रिपोटिङको नाममा त्यहाँ ड्यूटीमा रहेका काम कावाहीमा खटिएका सुरक्षाकर्मीहरुसंग  प्रश्न गरे ।

सुरक्षाकर्मीलाई बोलाउदै थर्काउने शैलीमा प्रश्न ।।  ‘यहाँ ट्रक कि पल्टी कैसे हो ति है ?’
जवाफमा , ‘थाहा भएन, सम्बन्धित स्थानमा सोध्नुस् ।

क्यामरातिर फर्किएर चर्किदै ए, ‘आप देख सक्ते हे, जो ब्यारेज पे अन ड्यूटी कर रहे उनको खुद पता नहीँ है कि ट्रक कि पल्टी कैसी होति है ।’

त्यसपछि अर्का सुरक्षाकर्मीलाई बुम तेर्स्याउँदै उही प्रश्न ।
‘यहाँ ट्रक कि पल्टी कैसे होति है ?’  सुरक्षाकमी भन्छन्, ‘ट्रकको पल्टी‘ कैसे हुन्छ कैसे हुन्छ‘’
जवपाफ के दिने त?

घटना हुनुभन्दा पहिलानै थाहा हुन्छ र ?   उनको जवाफ दिन फेरी पल्टाएर देखाउने हो ?

उनि आफ्नो प्रस्तुती देखाउन बुम तेर्स्याउँदै ……….अघि बढ्छन ।

उनले यो भिडियो नामको युट्युब च्यानलमा पनि अपलोड गरेका छन् ।

उनको यो क्रम चलिरहेसंगैघटना स्थलमा पुगेका लाइभ न्युज रफ्तारका पत्रकार सोनुकुमार दासलाई पनि सोही प्रश्न गर्छन् ।
त्यसपछि त सोनुकुमार ले नै सुरू गर्छन् रिपोर्टिङ ।

नेपालमा रिपोर्टिङ गर्न अनुमति लिएर आउनुभएको हो ? ’

भारतीयले भन्छन ‘मैले प्रशासनमा गाडी राखेँ र रिपोर्टिङ गरेर आउँछु भनेर सोधेर आएँ ।’

‘प्रशासनले अनुमति दिएको कुनै प्रुफ छ तपाईंसँग रु’ सोनुको प्रश्न ।

उनिहरुले प्रमाण देखाउन त सम्क्दैनन्नेपाल र भारतको रोटी बेटीको सम्बन्ध भन्दै गर्दा उनैसंग आएकी सहयोगी महिलाले विवाद सुरु गर्छिन् ।

सोनुसँगको विवाद अनि, सोनुले भारतबाट आएर रिपोर्टिङ गर्न प्रशासनको अनुमति चाहिने भन्दे गर्दा महिलाले सोनुलाई थर्काउदै ‘तपाईंसँग नागरिकता छ ?

हेराउनुस् भनेको भिडियोमा देख्न सकिन्छ ।
सोनुले आफ्नो परिचयपत्र देखाउँदै भन्छन्, ‘म नेपालको हुँ, तपाईं कहाँको हुनुहुन्छ  ?’

त्यसपछि ती महिलाले अपशब्दसहित अश्लिल इशारा गर्छिन् ।

संगै सोनूले आफूलाई गलत तरिकाले छोएको आरोपसमेत लगाउछिन् ।

सनेनुले आरापको प्रतिकार गर्दै आफुसंग सबै भिडियो भएको बताउछन् । उनीहरूले सोनुको क्यामरा खोस्न प्रयास गर्छन् । तर, त्यहाँ उपस्थित स्थानीयहरूले उनिहरु विरुद्ध प्रतिकार गरेपछि सोनु प्रहरीको सुरक्षमा जाने तर्फ लाग्छन् ।

तर, उनको सहयोगी महिला सोनुसँग विवाद सूरु गर्छिन् ।
त्यसपछि महिलाले त सोनुकुमार नागरिकता माग्छिन् । महिलाले अपशब्दसहित अश्लिल इशारा गर्छिन् । उल्टै आफूलाई गलत तरिकाले छोएको आरोपसमेत लगाउछिन् ।

सोनुकुमारको क्यामरा खोस्न प्रयास समेत गर्छन् ।

‘आफैं अश्लील शब्दहरू प्रयोग गर्ने, उल्टै छोएको आरोप लगाउने ?’ भन्दै स्थानीयहरू आएपछि उनिहरु हच्किन्छन् ।
प्रहरी समेत नआएपछि सोनुले आफै प्रहरीको संरक्षणमा जाँउ भन्दै जान्छन् ।

उता भारतिय व्यक्तीले युट्युबमा  महिला पत्रकार नभएको समेत बताउदै लाइभ समेत गरेका छन् ।

पत्रकारको नाममा भारतीयले सीमा क्षेत्रमा आएर दादागिरी शैलीमा प्रस्तुत हुने यो कुनै नयाँ घटना भने होइन । यथार्थभन्दा गलत रिपोर्टिङ गर्दै आएकाहरुलाई रोक्ने अधिकार हुदाहुदैपनि  नेपाल प्रहरी र प्रशासनले लाचारी देखाउने गरेको र स्थानीय मिडियालाई कडाइ गर्ने स्थानीय सञ्चारकर्मीको गुनासो नआएको पनि होइन ।

नेपाली सञ्चारकर्मीले भारतमा अनुमति लिएर रिपोर्टिङ गर्दा पनि क्यामरा खोस्ने र भिडिओ डिलिट गर्न लगाउने गरिएको सोनुले बताएका छन् ।
नेपाली पत्रकार माथि अन्याय भइरहेको बताएका छन् ।

आफु घटना स्थलमा रिपोटिङमा पूग्दा स्थानीयहरुको साथ पाउदा खुसकिो अनुभव लागेको र यसले नेपालीहरुको एकता रहेको संकेत दिएको बाताएका छन् ।