रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अहिले विवादमा तनिएकी छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्व. सीता दाहाललाई पेरिसडाँडामा श्रद्धाञ्जली दिन जाँदा सांसद समेत रहेकी कार्कीले बुधाबार

बोलेका केही क्लीपहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ भने उनलाई सोधेको प्रश्न र तोसिमाले दिएको जवाफकाम कारण ‘विवादित बनेकी हुन् ।
भाइरल भएको भिडियोमा सोधिएको प्रश्न र जवाफले विवादमा तानिएसंगै बिभिन्न प्रतिक्रिया आइरहेका छन् ।

अहिले नेपालको परिवेशमा हेर्ने हो भने सामाजिक सञ्जालले मिडियाको एकाधिकारमा समेत बाधक बनेको छ ।
सामाजिक सञ्जाल र युट्युबले कतिपयकुरालाई अतिरञ्जित गरेकै कारण तत्काले शिखरमा चढाएर भूइमा पछार्ने गरेको छ ।
अहिले यस्तै भइरहेको अनुमान गर्न सकिन्छ ।
बुम र माइक शोकाकुल भएको समयमा श्रद्धाञ्जली अर्पण गर्ने स्थल मै अनेकौ प्रश्न गर्ने अनि बोल्नेले पनि नियन्त्रण गर्न नसक्नु भन्दै टिक्का टिप्पणी भएको हो ।
बुम र माइक बोक्नेहरुले घेर्दै प्रश्नहरु थोपार्न सूरु गरेपिछ डा. तोसिमाले प्रतिउत्तर दिन सूरु गरिन् ।

उनले भनिन्  श्रीमान गुमाएका, श्रीमती गुमाएका, छोराछोरी गुमाएका ति तमाम नागरिकहरुका दुखलाई उहाले सम्झनुपर्छ । आफ्रनै दु्ख सरह बुझ्नुपर्छ ।

त्सकालागि के गर्नुपर्छ ।  कसरी सम्बोध हुन सक्छ भन्ने कुरा प्रधानमन्त्रीको हैसियतले राष्ट्रले नै पिताको रुपमा हेर्ने व्यक्तीले सम्झनु पर्छ ।

आफ्नो सन्तान गुमाउदा पनि कत्ति विचलित नभई राष्ट्रको जिम्मेवारीमा रहनुभएका श्रीमानको साथ दिनु भयो ।  क्रान्तीमा होमिएका ति तमाम महिला दिदी बहिनीहरु जो हिजो बलात्कार जस्तो काण्डहरु भोग्नुपर्यो उत्पिडन भोग्नुपरेको वावजुतपनि  व्यवस्था स्थापित गर्न समग्र नागरिकहरुको लागि संर्घष र्गुभएको छ उहाहरु उदाहरणिय हुनुहुन्छ ।  हामी जस्ता युवा महिलाहरुले पनि उहाबाट सिक्नुपर्छ ।

पुनः प्रश्न तेर्सियो
प्रचण्ड पत्नीको प्रशंसा गर्नुभो, उहाँ श्रीमतीकै लागि हरेक समय आफ्नो समय त्याग गरिरहनु भएको थियो । यसलाई कसरी लिनुहुन्छ ?

हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ ।

प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि त   समय दिन सक्नु भएन,अथवा हेरचाह गर्न सक्नुभएन, भने राष्ट्रको लागि के गर्नु होला त?
भन्ने प्रश्नहरु पनि आउनसक्छ । त्यो कारणले सायद मैले  ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु ।

अहिले पत्नीयोग (पत्नीवियोग) को दुःखमा पर्नुभएको छ । पुत्रको दुःख पनि भोग्नुभएको छ । त्यो बाबजुद प्रधानमन्त्री जस्तो पदमा बसेर केही गर्न खोजिराख्नुभएको छ । अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टीकाटिप्पणी नगरौं ।

उहाँलाई साथ नै दिनुपर्छ जनताले । अरु राजनीतिक हिसाबकिताब र राजनीतिक मुद्दाका कुराहरु त छँदैछन् ।

यो भनाइमा सबैको बुझाइ फरक भइरहेको छ भने । टकटक र सामाजिक सञ्जाल फेशबुकमा मा छोटो क्लिपहरु भाइरल भइरहेको हो ।भिडियो हेरेर ‘रिप’ लेखनेहरुको लर्को नै छ ।

श्रद्धाञ्जली दिन जाँदा मिडियामा प्रतिक्रिया दिइरहन आवश्यक नभएपनि अनावश्यक रुपमा बोलिरहनु भने उचित नभएकै हुन सक्छ।
तर, पनि बुम र माइक देख्न साथ थामिएन उनका शव्दहरु ।  अहिले बोलेका शव्द र प्रस्तुत अभिव्यक्तीहरुले विवादित बनेकी हुन् ।