


हेटौंडा उपमहानगरपालिकामा आगामी असार ३० गते शनिबार कोरा च्यालेन्ज हुने भएको छ ।
हिमालयन राइडर्स सोसाइटीको आयोजना नेपाल टेलिकम हेटौंडा शाखाक्ँे मुख्य प्रायोजनमा द्वारा आगामी असार ३० गते शनिबार कोरा च्यालेन्जको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।
त्यस्तै गरि सहप्रायोजकमा कृषि विकास बैँक, हेटौंडा शाखा, होटल स्मारक, हेटौंडा कम्प्यूटर, सुष्माज् ब्यूटी एकेडेमी, हिरा आर्ट, चुरियामाई इलेक्ट्रोनिक्स, तरूण दलका अध्यक्ष, श्री ईश्वर पाठक, दरबार एग्रो मार्ट हेटौंडा, तासिर बोर्डिङ्ग स्कूल, हेटौंडा, सौभाग्य सुन चाँदी पसल, निको अस्पताल प्रा.लि., फोटो साईन रहेका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै करिब २ वर्ष अघि नै स्थापित सोसाइटी मकवानपुरले च्यालेन्ज गर्न लागिएको अध्यक्ष श्री रामकुमार श्रेष्ठले बताए ।
उनले बताए अनुसार सोसाइटीले दोस्रो संस्करणको रूपमा च्यालेन्ज गर्न लागेको हो ।
विश्वभर जुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालको बिभिन्न स्थान संगै हेटौंडामा पनि एक दिन अगाडि नै आयोजना हुने भएको हो ।
धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले शनिबार बिहान ६ः०० बजे सूरु हुने च्यालेञ्जमा हेटौंडा४ पशुपति मन्दिरबाट सुरू भइ शनि मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणीधाम, गोरक्षेश्वर, लक्ष्मीनारायण, कृष्ण प्रणमी मन्दिर, भूटनदेवी लगायतका मन्दिर परिक्रमा गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
करिव २५ किमी धार्मिक यात्रा गर्न कम्तिमा ८ वर्षदेखि ७६ वर्षसम्मका करिव २ सय जना साइकलयात्री सहभागिता रहने छन्।
करिब ४ लाख रूपैयाँ लागतको अनुमान गरिएको च्यालेन्ज कार्यक्रममा मा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, स्कार्फ, प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्