नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आवद्ध रहेकापत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका छन्।
पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका हुन् ।
नयाँ पत्रिकामा पाँच वर्षदेखि कार्यरत रहेका चितवनका पोख्रेल किसानमा समर्पित पत्रकारिता सेवामा योगदान पु¥याएबापत भन्दै २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो।
पश्चिम चितवन पत्रकार मञ्चका सह सचिव समेत रहेका र कृषि विषयको उठान गर्दै कृषि सेरोफेरो र डेरी चौतारी रेडियो कार्यक्रसमेत उत्पादन समेत गर्दै आएका पोखरेललाई नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा सम्मान गरेको हो ।
महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्मका अध्यक्ष अधिवक्ता लेखनाथ भुसालद्धारा नगद १० हजारसहित पोख्रेल सम्मनित भएका हुन् ।
भरतपुर– २५ रहेको युवा आधुनिक सामूहिक खेतीले यसै वर्षदेखि कृषि सम्मान पुरस्कारको सुरुवात गरेको छ। ०७७ सालमा स्थापना भएको सो फर्ममा २५ युवाले सय बिघाभन्दा बढी जग्गामा खेती गर्दै आएको संस्थाका सचिव सुमन सुवेदीले जानकारी दिए।































प्रतिक्रिया दिनुहोस्