बागमती प्रदेशको हेटौंडा १ स्थित भिन्तुनापथमा रहेको सन्चो अस्पताल प्रा. लि. तथा श्री राधा माधव सेवा र दिव्य युवा क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

वडा नम्बर १७ हटिया जुरेथुममा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

अर्थो जनरल सर्जन तथा जनरल फिजिसियन डा. आशुतोष दास र डा. सचिन दासको नेतृत्वमा रहेको टोलीद्धारा उक्त शिविरमा करिब २०५ बिरामीको स्वास्थय परिक्षण गरिएको अध्यक्ष बिजय पुडासैनीले बताए ।

अस्पतालले यस्ता सामाजिक कार्यमा नियमित रुपमा संलग्न रहँदै आएको र भविष्यमा पनि यस्ता सहयोग प्रदान गर्न पछि नपर्ने बताए।