


मकवानपुर फर्निचर तथा फर्निसिङ व्यावसायी सङ्घको १७ औ वर्षिक साधारणसभा सम्पन्न भएको छ ।
फर्निचर तथा फर्निसिङमा आवद्धहरुको छाता संगठनको शनिबार साधारणसभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अहिलेको समयमा आर्थिक मन्दिको मार लगानीका लागि बैंकबाट लिएकोऋणको बढदो व्याजदरका कारण व्यावसायीहरुले आत्माहत्या गर्न समेत बाध्य हुनुपरेको बताइएको थियो ।
साधाहरण सभामा सचिव तर्फबाट वार्षिक प्रतिवेदन कोषाध्यक्ष तर्फबाट अर्थिक प्रतिवेदन पेस गरिएको थियो ।
संघका अध्यक्ष कृष्णा अर्याल बताए अनुसार आर्थिक मन्दिको बारेमा छलफल तथाअन्तरक्रिया गर्दै बढदो व्याजदरका कारण व्यावसायीहरुले आत्माहत्या परेको समस्या समाधानको बाटो खोज्नुपर्ने र स्थानिय सरकार प्रदेश सरकार र सरोकारवलाको ध्यान जानुपर्ने र एकीकृत बजार व्यावस्थापन गर्न अनुरोध गरिएको थियो ।
संघका अध्यक्ष कृष्णा अर्यालको सभाध्यक्षता नेपाल फर्निचर तथा फर्निसिङ व्यावसायी संघका केन्द्रीय अध्यक्ष सुजिल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
उद्ययोग वाणिजय संघका वस्तुगत उपाध्यक्ष, महासंघका प्रतिनिधि,फर्निसिङसंग आवद्धहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्