जिल्ला युवा समिति मकवानपुरद्धारा आयोजना गरिएको जिल्ला स्तरीय खुला बक्तृत्वकला प्रतियोगितामा आकृती घिमिरेले प्रथम स्थान हासिल गरेकी छिन् ।

त्यस्तैगरि सरोज बिक दोश्रो र कृतिका लौडारी  तेश्रो भएकी हुन् ।


सहभागीहरुलाई युवा र नबप्रबर्तनका बारेमा भनाई राख्न ५ मिनेटको समयावधि दिइएको थियो ।

उक्त प्रतियोगितामा विजयी हुनेहरुले प्रमाण पत्र सहित क्रमश प्रथम हुनेले नगद १५,००० पन्ध्र हजार , दोस्रो हुनेले १०,०००दस हजार र तेस्रो हुनेले ५,०००पाँच हजार सहित प्रमाण पत्र सहित प्राप्त गरेका छन् ।

युवा समिती मकवन्पुरका अध्यक्ष .सुमन पाख्रिनको सभाध्यक्ष्य जिल्ला सम्मन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न प्रतियोगितामा  निर्णायकमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोक राज शर्मा ,मकवानपुर क्याम्पसका प्रध्यापक निरा शर्मा पुर्ब हेटौंडा जेशिस अध्यक्ष दिपक मिश्र रहेका थिए ।
बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष संतोष चौलागाई को बिशेष आतिथ्यता रहेको कार्यक्रममा , मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोक राज शर्मा ,मकवानपुर क्याम्पसका प्रध्यापक निरा शर्मा पुर्ब हेटौंडा जेशिस अध्यक्ष दिपक मिश्र, हेटौंडा जेशिसका अध्यक्ष श्रवण कुमार बर्तौला , मकवानपुर बहुमुखी क्याम्पस स्वबियु सभापती छोईसाङ लामा दिल बहादुर रुम्बा लगायतको आतिथ्यता रहेको थियो ।