नेपाल घरबहाल उपभोक्ता संघ हेटौंडा मकवानपुरले घरबहाल सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।


जेठ २०गते उपभोक्ता संघ तथा सामुदायिक प्रहरी सेवा उप केन्द्र , हेटौंडा १० जिल्ला प्रहरी मकवानपुरको सहकार्यमा
उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बिभिन्न स्थानबाट आएर घरभाडामा बस्नेहरु देखि घरधनी समेतलाई सुरक्षित राख्न र अपराधिक घटना न्युनीकरणका विषयमा जानकारी गराइएको हो ।

घरभाडामा बस्नेहरुदेखि टोलबिकासका पदाअधिकारी, वडाकाका पदाअधिकारी, प्रहरी प्रमुख लगायतको उपस्थितिमा गरिएको सचेतनामुलक कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिति जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले नागरीक जिम्मेवारी हुनुपर्ने र घर बहालमा बस्ने र दिने व्यक्तीले मानवीय व्यवहार देखाउन आवाश्यक रहेको बताए ।

उनलेपछिल्लो समय समाजमा विभिन्न घटनाहरु बढन थालेकोमा घर, भाडामा लिदा दिदा सम्पुर्ण विवरणहरु राखेर,संझौतामा सबै कुराहरु खुलाएर कानुनी प्रकृयाबाट काम गर्न अति आवाश्यक रहेको बताए ।

घर बहाल व्यवसायी संघ मकवानपुरका अध्यक्ष समीर लाल डगोंलको सभाध्यक्षतामा भएको कार्यक्रममा घरबहाल व्यवसायी संघका निवर्तमान अध्यक्ष नवराज न्यौपाने, कानुनी सल्लाहाकार मदन दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल लगाएतले सचेतनामुलक कार्यक्रमको प्रसंसागर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए ।