मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिका तथा वडा मातहतका कर्मचारीहरुलाई बजेट प्रस्थावना पेश गर्दा सोको प्रभावकारीताको विषयमा ख्याल गर्नुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०७९र८० को दोस्रो चौमासिक समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष कालाखेतीले चालु आ.व.को ९ महिनाको अवधीमा विभिन्न कार्यक्रमहरु प्रभावहिन भएको बताए ।
विगतमा वजेट विनीयोजनका गरिएका कतिपय योजनाहरुबाट प्रत्यक्ष जनताले लाभ प्राप्त गर्न नसकेको उल्लेख गर्दै आगामी दिनहरुमा सो कुराको ख्याल गरिनुपर्ने बताएका हुन् ।
अध्यक्ष कालाखेतीले भने यस वर्ष हामी पनि सिक्ने क्रममा थियौँ । आउने वर्षहरुमा त्यस्ता योजनालाई कटौति गर्दै प्रभावकारी योजनाहरु निर्माण गर्नेछौँ ।
मनहरी ३ नं वडा अध्यक्ष तथा सामाजीक विकास समितीका संयोजक अनन्त प्रकाश अर्याल, ८ नं वडा अध्यक्ष तथा अनुगमन समितीका सदस्य नारायण उप्रेती लगायतले विगतमा भएको कमीकमजोरी सुधार गर्दै मिलेर सहकार्य गरिने बताए ।
कार्यक्रममा मनहरीका प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठले आगामी दिनमा प्रभावकारी कार्यक्रमलाई मात्रै निरन्तरता दिइने बताएए ।














प्रतिक्रिया दिनुहोस्