हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरको को छ । प्रक्रियामा जानकालागी राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरेको उपमहानगरले जनाएको छ ।

 

विभिन्न संघसंस्था सरोकारवालासँग छलफल गर्दै आएको छ । र आवश्यकतालाई मध्यनजर गर्दै सुझाव संकलनको लागि छलफल गरेको जनाएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले तीनै तहको सरकारबीच सहकार्य र अपनत्व रहनुपर्नेमा जोड दिँदै जेठ १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको बताइन् ।
कंक्रिट ढलानमात्र विकास नभएर आवश्यक्ताको आधारमा बजेट विनियोजन गरीने बताइन् ।