बागमती प्रदेशको राजधानी हेटौंडामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८० आयोजना हुने भएको छ ।

सामाजिक बिकास मन्त्रालय बागमती प्रदेश तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा  बैशाख ३१ देखि जेठ १ गते सम्म मेलाको आयोजना हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरुसंग गराउने मुख्य उद्धेश्यका साथ मन्त्रालय र उपमहानगरपालिकाको अन्तर सरकार सहकार्यमा प्रथम पटक मेलाको आयोजना हुने भएको जानकारी गराइएको हो ।

संयुक्त आयोजनामा तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बैशाख ३१ देखी जेठ १ गते आईतबार र सोमबार बिहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म रोयल प्यालेस, हेटौडामा आयोजना हुदैछ ।

हेटौडा उपमहानगर मेयर मिना कुमारी लामाको सभाध्यक्षतामा बैशाख ३१ गते विहान १० कार्यक्रम समुद्घाटन कार्यक्रम रहेको छ ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन हुने बताइएको छ ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय सचिव रामकृष्ण पुडासैनी, उपसचिव खुबीराम अधिकारी हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने निमित्त प्रसासकिय अधिकृत गंगाधर रिमाल भानुभक्त थपलिया लगायत संचारकर्मीको आतिथ्यता रहेको थियो ।