मकवानपुर जागरण अभियानका संयोजक कृष्णराज कोइरालालाई प्रहरीले नियन्त्रणमा लियो ।

प्रतिनिधि सभा सदस्य आरजु राणा देउवा सहभागी हुने कार्यक्रम बिथोल्ने घोषणा गरिएको भन्दै कोइरालालाई विहिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
हेटौडामा सुपरमार्केट सञ्चालनमा आउने भएको र उद्घाटनका लागी आरजु आउने भनिएको थियो ।

सोही क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै आरजुलाई हेटौंडामा कालो झण्डा देखाउन खोज्ने आरोपमा नियन्त्रणमा लिएको हो।उनले राणालाई बहिष्कार गर्न आव्हान गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् स्टाटस लेखेका थिए ।
प्रहरी नियन्त्रमा पर्नसाथ चौतर्फी बिरोध आएको थियो ।

बिभिन्न व्यक्तीहरुले सर्मथन गर्दै लोकतन्त्रमा बोल्न पाउने र सुरक्षा निकायले अपराधीलाई नियन्त्रण र कारबाही गर्नुपर्ने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

उनलाई करिब तीन घण्टा प्रहरी हिरासतमा राखेर रिहा गरिएको हो ।