जिल्ला अदालत बार एशोसियशन मकवानपुरद्धारा आयोजित जिल्ला स्तरीय बक्तृत्व कला प्रतियोगितामा हेटौंडा ५ स्थित जेनिथ इन्टरनेशनल स्कुलकी छात्रा अभिप्सा पौडेल प्रथम भएकी छन् ।

७१ औँ कानून दिवसको अवसरमा एशोसियशनद्धारा “कानूनको सर्बोच्चता” विषयक जिल्ला स्तरीय बक्तृत्व कला प्रतियोगितमा पौडेल प्रथम, भएकी हुन् ।

त्यस्तैगरी सिद्धार्थ माविकी छात्रा प्रेक्षा तिमल्सिना द्वितीय निर्मल माबीकी छात्रा विप्सरा थापा तृतीय भएकी छन् ।
निर्मल माबी की निर्जला भट्टराईले सान्त्वना पुरस्कार जितेका छन् ।

जिल्ला बार एशोशियशन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्ष जिल्ला अदालत मकवानपुरका न्यायधिश ऋषिराम निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा न्यायधिश श्री प्रसाद सन्जेल, बरिष्ठ अधिबक्ता केशब प्रसाद काफ्ले, उच्च अदालत बार एशोसियशनका उपाध्यक्ष हरी भट्ट, लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा बरिष्ठ अधिबक्ता केशव काफ्ले अधिबक्ताहरु मदन दाहाल, ईश्वरी अधिकारी निर्णायकको भूमिकामा रहेका थिए ।