बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको मुटुमै रहेको बुद्धचोकैमै जगगा फिर्ता गराई पाउँ भनि अपिल सहित बसिरहेका व्यक्ती हुन् हेटौंडा १३ का जगत बहादुर सुनार ।

२०७९ कार्तिक २७ गते देखि बुद्धचोक नजिकै कालो व्यानर सहित ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको माग गर्दै धर्नामा बसेको बुधाबार १७० दिन भएको छ ।

दृष्टिबन्धकी राखेको जग्गा खाइदिएर पीडित भएको उल्लेख गर्दै जगतबहादुर सुनारका परिवारले बिहीबारबाट केहि दिनलाई स्थगित गरिने बुधाबार पत्रकार सम्मेलनको आयोजना गर्दै बताएका छन् ।

पछिल्लो समय जिल्ला अदालतले पनि आउँदो जेठ ७ गते अदालतमा दुबै पक्षलाई मेलमिलापमा गर्न उपस्थित हुन बोलाएपछि हाललार्ई धर्ना कार्यक्रम स्थगित गरिन लागेको बताएका हुन् ।

बुद्धचोक नजिकै घर भएका व्यवसायी नियमराज शाक्यबाट आफु पिडित भएको उल्लेख गर्दै धना दिँदै आएका हुन् ।

आफ्नो बाबु पदमलाल सुनारको नाममा हेटौंडा–१३ पदमपोखरीको ११ कठ्ठा १६ धुरजग्गा २५ बर्ष अघि२०५४ सालमा नियमराजसंग दृष्टिबन्धकी भनेर ५० हजार रुपैयाँ ऋण लिएर दृष्टि बन्धक रोक्का राख्ने भनिएपनि जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको जगत बहादुरको आरोप छ ।

तत्तकालिन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाललाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएकाले न्याय मागिरहेको बताइरहेका हुन् ।

यसै विषयमा जगतबहादुर न्याय चाहियो भन्दै ज्ञापनपत्र सहित बिभिन्न व्यक्ती सरोकारवाला, राजनितिज्ञ, मन्त्रालय, स्थानिय सरकारको ढोका सम्म पुगिसकेका छन् ।

शाक्यसँग पटकपटक भेटर धितो स्वरुपको जग्गा नामसारी फिर्ता गर्न र रकम हिसाब गरी चुक्ता गर्ने बताउँदा उल्टै धम्की दिएर आफ्नो परिवालाई पीडा दिएको भन्दै जगतले दुःख व्यक्त गरेका छन् ।

हुन्छ भनेर आश्वासन दिँदै कहिले काठमाण्डौ गएर आएर दिन्छु, कहिले बिरामी छु, कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्दै आएको सुनार बताउछन् ।

पछिल्लो वर्षमा आफ्नो परिवारलाई नै अभद्र व्यवहार गर्दै जग्गा आफुले खरिद गरेको र जग्गा माग्न आएमा राम्रो नहुने धम्की दिदैँ आएको सुनार भन्छन् ।

ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहेको र १० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएको जगत बहादुर बताउछन् ।

उक्त ऋण वापदको रकम र ब्याजसहित फिर्ता लिएर जग्गा फिर्ता माग्दा पनि जग्गा फिर्ता दिन नमानेर पिडित भएको बताइरहेका हुन् ।

अदालतले जेठ ७ गते मेलमिलापको लागि आउन भनेका कारण त्यतिन्जेलको लागि धर्ना कार्यक्रम स्थगित गरिएको बताउदै न्याय पाउनेमा विश्वास रहेको बताएका हुन्् ।

सुनारको धर्ना र उनको न्यायको पक्षमा भन्दै विभिन्न सामाजिक अभियन्तादेखि राजनीतिक दलहरुले समेत एक्केबद्धता जनाउँदै आएका छन् ।

अदालतमा सो मुद्दा चलिरहेको बताउदै कागजी प्रक्रियामा नियमराज बलियो भएपनि व्यवहारिक तर्फ भने जगतबहादुर माथि जालझेर गरेको देखिएको बिभिन्न व्यक्तीहरुको तर्क छ ।

जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने र जगतले न्याय पाउनुपर्ने बताउछन् ।

हेटौंडा स्थित न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन बोल्दै जगतको न्यायको पक्षमा आफुहरु रहेको बताउछन् ।

जगत पक्षले जग्गा बन्दगी भन्ने र नियमराज पक्षले जग्गा किनेको भन्दै गर्दा विवादमै अल्झिरहेको छ ।
हालसम्म यो बिवाद कुनै टुङ्गो लागेको छैन ।