बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित पञ्चबर्षीय बिराट महायज्ञ मंगलबार सम्पन्न भएको छ ।

 

प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष शुभकामना पंचवर्षीय विराट महायज्ञ मंगलबार सम्पन्न भएको हो।

महायज्ञ २०६० , २०६५ , २०७०, २०७५ हुँदै वैशाख २० गते बुधाबार पाँचौं संस्करण अन्तरगर्त महायज्ञ २०८० वैशाख २० गते बिहान ७ बजे गोरक्षेश्वर धामबाट शङ्ख, घण्ट , खैजडी भजन , डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा सहित सुरु भएको हो।

हेटौंडा स्थित राप्तीतको छेउमै रहेको गोरक्षेश्वर धाममा बैसाख सुरु भएको महायज्ञ बिधिवत पुजाआजा सहित भव्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

लोपोन्मुख हुँदै गएको धर्म संस्कृति र परम्परा जोगाउन  समुदायलाई एकै ठाउमा जोड्न र सद्भावको प्रेरणा दिन महत्वपुर्ण भुमिका खेल्ने विश्वास रहेको आयोजक पक्षको भनाई छ ।

कार्यक्रममको अन्तिम दिनमा तिलार्चना, बिभिन्न व्यक्तीहरुलाई सम्मान, स्वामीज्युको विदाई तथा राप्तीको तटमा सन्ध्या आरती गर्दै २०८५ सालको महायज्ञको लागी फेरी जुटौंला भनेर समापन गरिएको हो ।