हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीले जग्गाधनी दर्ता प्रमाण (लालपुर्जा) पाएका छन् ।

हेर्नुहोस् पुरा भिडियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुर द्धारा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रममा हेटौं १३ वनस्पतीमा
जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो ।

साबिकको पदमपोखरी र हालको हेटौंडा १३ वनस्पतिमा ताइवानी सरकार चुची फाउण्डेशनको आर्थिक सहयोगमा बाढी पीडितहरुका लागि नै भनेर बनेका ४ सय वटा घरहरुमध्ये ३ सय २९ घर परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको हो ।
उत्तः स्थानमा बाढी पीडितहरुका लागि २०५२ सालमा बनाइएको घरहरुमध्य ७१ घरधुरी परिवारले भने जग्गाधनी लालपूर्जा पाएका थिएनन् ।
मंगलबार ५६ परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको हो ।

बाँकी रहेका १५ परिवारले राजस्व नतिरेका कारणले लालपुर्जा पाउन नसकेको र उनीहरुले राजस्व तिरेको १५ दिनपछि लालपुर्जा प्राप्त गर्ने सक्नेआयोगका अध्यक्ष विष्णु दाहालले जानकारी दिए ।

२०५२ सालबाट बस्दै आएको परिवारले लालपुर्जा प्राप्त गरेपछि खुशी व्यक्त गरेका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुर संयोजक विष्णु दाहालको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदी, हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामा लगायतको उपस्थिति रहेको थियो ।