रवि लामिछाने नेतृत्व राष्ट्रीय स्वतन्त्र पार्टिमकवानपुरले हेटौडाका पत्रकार रमेश बन्जरामाथि लागेको बलात्कारको आरोपको छानबिनको माग गरेको छ ।
हेटौंडाका पत्रकार बन्जारालाई फसाउने प्रयास भन्दै एक सिसिटिभी फुटेज सार्वजनिक भएपछि पार्टिले घटनाको निश्पक्ष छानबिनको माग गरियोस भन्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुमा ध्यानार्कषण गराएको छ ।

मनहरी गाउँपालिका बस्ने ३० वर्षीया एक महिलामाथि करणीको आरोपमा सञ्चारकर्मी बन्जारा प्रहरी हिरासतमा छन् ।

महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा करणी गरेको भन्दै गएको चैत ३० गते बिहीबार करणी गरेको भन्दै लिखित जाहेरी दिएपछि बन्जारालाई प्रहरीले नियन्त्रणमा लियो ।

जिल्ला अदालत मकवानपुरको आदेश अनुसार बन्जारालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अदालतले बयान लिइरहेको जनाइएको हो ।

घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाई रहेसंगै  हेटौंडाको अनलाइन न्युज पोर्टल हेटौंडा खबरमा  केही व्यक्तिले प्रयोग गरेर झुठो आरोपमा फसाउन लागेको तथ्य फेला पारेको दावी सहितको एक सिसिटिभी फुटेज सार्वजनिक गर्दै समाचार प्रकाशित गर्यो।

यस लगत्तै राष्ट्रीय स्वतन्त्र पार्टि मकवानपुरका पार्टी   द्धारा  विज्ञप्ती  जिल्ला प्रहरी कार्यलयका प्रवक्ता टेककहादुर कार्कीलाई बुभााएका हुन् ।।

विज्ञप्ती यस्तो छ ।।