मकवानपुरको मनहरी गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ।
मनहरी गाउँपालिका स्थित वडा नंबर ३ कालिदमारमा ट्याक्टर दुर्घटना हुंदा ३ जनाको ज्यान गएको छ ।दुर्घटनामा परि २४ वर्षका सरोजकुमार प्रजा, ३० वर्षका बिरमान रुम्बा र २० वर्षका प्रविण प्रजाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए अनुसार कालिदमार स्थित भित्रि सडक खण्डमा मिलडाँडा तर्फ बाट हाँडिखोला तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नंबर को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।





















प्रतिक्रिया दिनुहोस्