नयाँ वर्षको अवसरमा प्रर्दशनमा आएको जारी प्रथामा आधारित नेपाली चलचित्र ‘जारी’ ले आक्रमक व्यवसाय गरिरहेको छ ।

उपेन्द्र सुब्बा निर्देशित चलचित्र जारीले निरन्तर दर्शक पाइरहेको हो भने  देशभरका सिनेमा हलमा हलमा दर्शकको उच्च चाप रहेकाले फिल्मले देशैभर आक्रमक व्यापार गरिरहेको हो ।

लिम्बु संस्कृति र भेषभूषा ब्लक बस्टर अभिनेता दयाहाङ राई भएकाले पनि धेरैले यो चलचित्रलाई मन पराएका छन् ।

नेपालको पूर्वी पाँचथर जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायको परिवेश र जारी प्रथामै आधारित चलचित्र “जारी” मा अभिनेता राइको साथमा चर्चित अभिनेत्री मिरुना मगरको पनि अभिनय छ ।

चलचित्रमा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्र मौलिक नेपाली कथामा बनेको भन्दै प्रसंशा पनि बटुलेको छ।

उपेन्द्रको डेब्यु निर्देशन रहेका चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् ।

यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ।

 

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह(निर्माताको रुपमा रहेका छन् ।

यस्तै शुक्रकार देखि प्रर्दशनमा आएको चलचित्र जारी हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा प्रर्दशन भइरहेको छ भने बुधाबार पनि जारी मय बनिरहेको हो ।

यसैक्रममा जारी या कुनैपनि चलचित्र हेर्न चाहने दर्शकहरुले एनएस सिनेमा हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताएकाच छन् ।

प्रचलित जारी प्रथामाथि आधारित रहेको चलचित्र कस्तो छ भनेर बुधाबार हेटौंडा एनएस सिनेमा हलमा चलचित्र हेरेर निस्कने दर्शकहरुस के भन्छन् लागौ त्यस तर्फ ।