जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय परिसरमा निर्माण गरिएको सिनियर प्रहरी अधिकृतहरूको आवास गृह भवनको उद्घाटन गरिएको छ।

………

 

सिनियर प्रहरी अधिकृतका लागी निर्माण सम्पन्न आवास गृहको उद्भाटन गरिएपछि निर्माण पक्षमा महत्वपुर्ण भूमिका निभाउनु भएका सामुदायिक प्रहरी सेवा उप केन्द्र , हेटौंडा १० का अध्यक्ष समेत रहेका अध्यक्ष संग यसै विषयमा गरिएको कुराकानी ।।।

………..

भवन निर्माण उपभोक्ता समिति अध्यक्ष प्रदिप कँडेलको विशेस समन्वयमा निर्मित ३ कोठे सिनियर प्रहरी अधिकृतको आवस गृह शनिबार एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको हो ।

सामुदायिक प्रहरी सेवा उप केन्द्र , हेटौंडा १० का अध्यक्ष समेत रहेका  समिति अध्यक्ष कँडेलले बताए अनुसार हेटौंडा उपमहानगर बाट १५ लाख, स्थानीय व्यवसायी, जिल्ला प्रहरी मकवानपुरको १० लाख गरी कुल २५ लाखमा निर्माण सम्पन्न गरिएको हो ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षतामा उपमहानगर प्रमुख मिना कुमारी लामा र उप प्रमुख राजेश बानियाँले संयुक्त रुपमा निर्मित गृहको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बामदेव गौतम, प्रहरी प्रवक्ता टेकबहादुर कार्की, प्रहरी, भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो।