बागमती प्रदेशको राजधानी हेटौडा घर भएका यि हुन्  ५० वर्षिय विष्णु कुमार श्रेष्ठ ।।।

हेटौडा उपमहानगरपालिका ६ चौघडा स्थित रक्षादेवी टोलका ५० वर्षिय विष्णु कुमार श्रेष्ठसंग एउटा फरक कला छ ।

सानै उमेर देखी गाँउबेसीका गित गाउँने र कमेडियन तरिकाले व्यङ्ग चित्र गर्ने डोरीको साहारामा ढुङ्गालाई बाधेर घुमाएर गुलेलीले जस्तै सयौ मिटर परसम्म पुर्याउन सक्ने विष्णुको अचम्मको कला हो ।

यसो भनिरहदा भन्दा सबैलाई अनौठो लाग्न सक्छ पत्यार नलाग्न पनि सक्छ । तर, संसारमा हरेक मानिससँग केहि न केहि गुण हुन्छ भनेजस्तै विष्णुसंग सयौं मिटर पर सम्म स साना ढुङ्गा हातैको बेगले घुइक्याउछन् ।

हेटौडा उपमहानगरपालिका ६चौघडाका रितेस अधिकारीले ५० वर्षिय विष्णु कुमार श्रेष्ठको बारेमा यसै विषयमा जानकारी दिएपछि हामी पनि भेट्न पुग्यौं ।।

विष्णुको अनौठो प्रतिभा केही दृश्य र छोटो कुराकानी   कैद गरेका छौं । जानकारीकालागी तलको लिङ्का क्लिक गर्नुहोस् ।