नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य देवि ज्ञवालीले गठबन्धन सरकारको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको बताएका छन् ।

उनले नेकपा एमाले सम्बद्व पेशाकर्मीहरूको मकवानपुर जिल्ला भेलालाई सम्बोधन  गर्दै सरकार गठन नै षडयन्त्रको जगमा भएकोले वर्तमान सरकारप्रति देशभित्र र बाहिर विश्वास नभएको दावी गरे ।

पार्टीले देशव्यापी रूपमा संगठन सुदृढीकरणको लागि मिसन ग्रासरूट सञ्चालन गरेको र अभियान पश्चात् पार्टी र जनसंगठनका सबै कमिटी चुस्त हुने ज्ञवालीको भनाई छ ।

पेशागत ईलाका कमिटी, पेशागत महासंघ र नेपाल बुद्विजीवि परिषद्, मकवानपुरको आयोजना गरिएको भेलामा नेकपा एमाले जिल्ला कमिटीअध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, नेपाल बुद्विजीवि परिषद्का जिल्ला अध्यक्ष मोहन शर्माले मन्तव्य व्यक्त गरे ।

पेशागत ईलाका कमिटीका अध्यक्ष उद्वव भट्टराईको सभाध्यक्षतामा भएको भेलामा पेशागत महासंघका अध्यक्ष श्रीराम दाहाल, पार्टी प्रदेश कमिटी सदस्यहरू सम्राट तुम्बाहाम्फे, भोजराज ढकाल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज विष्णु अर्याल, संगठनका प्रदेश अध्यक्ष बरूण शाहलगायतको उपस्थिति रहेको थियो ।