मुलुकको पहाडी जिल्लामा फागुन २२ गते सोमबार र तराईका जिल्लामा २३ गते मंगलबार होली मनाइदै छ ।

यसपर्वलाई चितवन लगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन पनि छ ।
विगतका वर्षहरुमा खुसी साटासाट गरेर मनाउने गरेको  फागु पर्व होलीको रौनक र बजारमा चहलपहल भने खासै देखिएको छैन् ।

व्यवसायिकहरुले होलीका लागी बिभिन्न भनाईहरु लेखिएका सेता टिसर्टहरु टनाटन राख्ने गरेपनि यसपाली बिगतको भन्दा निकै कम बिक्रीकालागी राखेका छन् ।

होली नजिकीदै जाँदा अबिरजन्य वस्तु तथा होलीमा प्रयोग हुने अन्य वस्तुहरू विभिन्न स्थानबाट खरिद गरेर विक्री वितरण गर्दै आएको र विगतको तुलनामा यसपाली व्यापारै नहुदा अवस्थानै नाजुक बन्दै गएको व्यवसायिहरुको भनाइ छ ।

व्यसायिकहरु भन्छन् सामानको मूल्य पनि गत वर्षको तुलनामा धेरै महँगो भएको अवस्था छ । अघिल्ला वर्षहरूमा एक साता देखि व्यापार बढ्थ्यो, बाटोमा रंग लगाएका व्यक्तिहरू भेटिन्थे तर, यो पालि होलीको रौनक नै देखिएन ।

तर, पनि परम्परा देखी मान्दै आएको होलीका लागी किनमेलमा न्युनै भएपनि किनमेलमा पुग्नेहरु देखिएका थिए ।

वसन्त ऋतुको आगमनसँगै आएको होलीलाई आपसी मेलमिलाप सन्देश आदानप्रदान गर्दै परम्परागत रूपमा विभिन्न रङ र खेली मनाउनु पर्ने बताएका छन् ।