विगतका वर्षमा खुसी साटासाट गरेर मनाउने फागु पर्व होलीको रौनक यसपाली निकै घटेको पाईएको छ ।

विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम पछि रमाइलो हुने आसा जागेको फागु पर्व होलीमा खासै ठूला कार्यक्रम देखिएको छैन ।
होली सामाग्री खरिदकालागी आउनेहरुको भिडमभिड हुने बजारमा खासै चहलपहल छैन।

व्यवसायिकहरुले बजारभरी होलीका बिभिन्न भनाईहरु लेखिएका सेता टिसर्टहरु टनाटन राख्ने पसलमा बिगतको भन्दा निकै कम राखेका छन् ।

होली नजिकीदै जाँदा अबिरजन्य वस्तु तथा होलीमा प्रयोग हुने अन्य वस्तुहरू विभिन्न स्थानबाट खरिद गरेर विक्री वितरण गर्दै आएको र  विगतको तुलनामा यसपाली व्यापारै नहुदा अवस्थानै नाजुक बन्दै गएको व्यवसायहरुको भनाइ छ ।

कोभिडका कारण थलिएको अवस्थामा ऋण लिएरै व्यवसाय गरेका व्यवसायहरुको ऋणको व्याजदरमा  लघुवित्त, सहकारी, बैंक लगायतका स्थानबाट वृद्धिमा झनै थप गर्दा मारमा परेको बताएका छन् ।

ऋण लिएरै व्यवसाय गरेका व्यवसायह्रको व्याजदर र झनै वृद्धिको मार विगतको तुलनामा व्यापारै नहुनु खस्केको आर्थिक पाटो, बैंकले लगानीमा ब्रेक व्याजदरमा अधिक वृद्धि यसले गर्दा आर्थिक मन्दिकै भएरपनि व्यापारको रौनक हराएको दुखेसो पोखे ।

यसमा सरकार,  सरोकारवालाले चासो दिएर व्यवसाय टिकाउन पहल नगर्ने हो भने बिदेश पलायन हुनु बाहेक अरु कुनै बिकल्प नभएको व्यवसायीहरु बताउछन् ।
व्यसायिकहरु भन्छन् सामानको मूल्य पनि गत वर्षको तुलनामा धेरै महँगो भएको अवस्था छ । अघिल्ला वर्षहरूमा एक साता देखि व्यापार बढ्थ्यो, बाटोमा रंग लगाएका व्यक्तिहरू भेटिन्थे तर, यो पालि होलीको रौनक नै देखिएन ।

 

मुलुकको पहाडी जिल्लामा भोली २२ गते सोमबार र तराईका जिल्लामा २३ गते मंगलबार होली मनाइन्छ ।

चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप सन्देश आदानप्रदान गर्दै परम्परागत रूपमा विभिन्न रङ र खेली मनाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र भक्त प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भई प्रह्लादलाई आगोलेकेही नभएको दिनलाई स्मरण गर्दै मनाइदै आएको धार्मिक भनाई छ ।

अर्को परम्पराअनुसार द्वापरयुगमा भगवान श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ ।