प्रेस सेन्टर नेपाल, मकवानपुर २०७९ फल्गुन ६ गते हेटौंडामा सम्पन्न साधारणसभा पश्चायत १० बुदे घोषणा पत्र २०७९ जारी गरेको छ ।

बागमती प्रदेश सरकारले मकवानपुरमा रहेका साना लगानिमा सञ्चालित मिडियाहरुलाई स्वरोजगार मुलक बनाउनकालागी अनुरोध गर्दै
प्रेस सेन्टर नेपाल मकवानपुरले १० बुदे घोषणा पत्र २०७९ जारी गरेको हो ।
जिल्लामा रहेका साना लगानिमा सञ्चालित मिडियाहरुलाई सहयोग , संरक्षण र प्रबर्द्धनका लागि प्रदेस र स्थानिय सरकारलाइ अनुरोध गर्ने निर्णय गरिएको जनाएको हो ।

जिल्लामा सञ्चालित सम्पुर्ण मिडियाहरुको प्रदेस सरकारले अपनत्व लिनुपर्ने र समानुपतिक बिज्ञापन नीति कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष अञ्जली थापाले बताइन् ।

उनले श्रमजिबि पत्रकारहरुको हक हितको लागि मुख्य मन्त्रीले स्थापना गरेको सामाजिक सुरक्षा कोषको स्वागत गर्दै समाजिक सुरक्षा कोषमा आबद्ध हुँदै अघि बड्न अपिल गर्ने निर्णय गरियोएको बताएकी हुन् ।

स्थानिय तहहरुलार्इ जिल्लामा रहेका स्थानिय मिडियाहरुलार्इ सहयोग प्रबर्द्धन गर्न अपिल गर्ने,श्रमजिबि पत्रकारहरुले पाउनु पर्ने न्युनतम पारिश्रमिक सेवा सुबिधा पुर्ण रुपमा कार्यान्वयन गराउन अपिल गर्ने, जिल्लामा रहेका कल कारखानाहरुलार्इ जिल्लाबाट सञ्चालित आम संचार गृहलाइ सहयोग गर्न अपिल गर्ने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिएकी हुन् ।

साना लगानिका स्वरोजगार मुलक मिडियाहरुलाइ उद्योगको सरह मान्यता दिंदै सेवा सुबिधा उपलब्ध गराउनुपर्ने जिल्लामा कार्यरत पत्रकार महिलाहरुको लागि सुत्केरी भत्ता बितरण्को लागि कोष स्थापना गर्ने र जिल्लाका सम्पुर्ण पत्रकारहरुको लागि उपचार कोष स्थापना गर्ने निर्णय गरिएको बताइन् ।