नेपालमा डेंगु संक्रमितको संख्या बढिरहेसंगै डेंगु बाट वच्न सरोकारवालाहरुले आग्रह गरिरहेका छन् ।
मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका जिल्लामा डेंगु फैलिएको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा पनि २ सय २२ जनामा डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
२४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण भएको र सबैभन्दा बढी २ सय ३ जना हेटौंडा उपमहानगर भित्रका रहेका छन् ।

जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् ।
स्वास्थ्य कार्यालयले जनाए अनुसार डेंगु बाट बचाउने अभियानमा सरोकारवालाहरु लागि परेका सक्रिय भइरहेका हुन् ।
यो संगै हेटौंडा उपमहानगर पनि सचेत रहन उपमहानगरपालिका १९ नं.वडा कार्यालयले पनि सचेत रहन आग्रह गरेको हो ।