हेटौंडा उपमहानगरपालिका ५ भैरवरोड स्थित नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

भैरवरोड स्थित प्राधिकरणको केन्द्रिय स्टोर मिटर रिङ युनिट राखेको स्थानमा बुधबार राती ९ः३० बजे अचानक भएको आगलागी
करिब १ घण्टामा नियन्त्रणमा आएको हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले बताए ।
सोही स्थानमा पुगेका उपमेयर बानियाँले बताए अनुसार प्राधिकरण परिसरमा राखिएको ट्रान्सफरमरको गोदाममा भएको भिषण लागलागी नियन्त्रणमा लिन हेटौंडा उपमहानगरपालिकाको दमकल पुगेको हो ।

अचानक आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा स्थानिय, प्रहरी सस्त्र प्रहरी नेपाली सेना सहितको संयुत्त टोली थप खटीएर  नियन्त्रणमा लिएको हो ।

आगलागीले करोडौंको क्षति भएको अनुमान गरिएपनि कारण र यतिनै क्षति भन्ने बिबरण हाल खुल्न नसकेको मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले बताए ।