बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताल  मदन भण्डारी विज्ञान प्रतिष्ठान न्यूनतम सेवा मापदण्ड अन्तर्गत अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको छ ।

बिगतको बर्ष ६७ प्रतिसत बाट अहिले प्रदेशमै ८० प्रतिसत अङ्क ल्याउन अस्पताल सफल भएको हो ।

बागमती प्रदेशको राजधानीकै मुटुमा रहेको अस्पतालले गएको भाद्र १९ गते देखि नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको हो ।
अस्पतालमा क्याबिन र भिआइपी कक्षको समेत निर्माण गरिएको नयाँ भवनबाट सेवा सुचारु गरिएपछि थप सेवा मुखि बन्दै गइरहेको छ ।

अस्पतालमै c:ktfnd} #vitamin_B_12, #vitamin_D, लगायत रगतमा अन्य स्पेशल  जाँच सहित अत्याधुनिक ल्याब सेवा र पहिलो पटक अत्याधुनिक भिडियो एक्स रे सहित स्वास्थ्य सेवा सुचारु गरि सकेको छ ।

आकस्मिक सेवा, काउन्टर, ल्याब, फार्मेसीका सेवाहरु अस्पतालमा वार्ड, क्याबिन, आइसियु, अत्याधुनिक सिटिस्क्यान सेवासहितको सेवा प्रदान गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा रहेकोको सरकारी अस्पतालमा दिनहुँ सेवा सु्बिधा विस्तार भएसंगै १ सय २ वर्षिय वृद्ध वुद्धाहरुको समेत अप्रेशन गरिने कार्यमा सफल भएको हो ।

यसै विच मेसु डा. रामचन्द्र सापकोटाले अस्पतालमा रहेर आफ्हरु काम गरेपनि सफल पार्न समुहकै महत्वपुर्ण भूमिका रहेको बताए ।
अहिले अङ्क प्राप्त गदैगर्दा ख्सि हुनुभन्दापनि थप जिम्मेवारीको महसुस भएको र आगामी दिनमा अझै सेवामुखि बनाउने प्रयास रहने आगमाी समय १०० प्रतिसतै बन्ने मेसु डा. सापकोटाले बताए ।

अहिले ८० प्रतिसत पाईयो भनेर मख्ख भन्दापनि अझै जिम्मेवारी थपिएको आभास भएको र कमी कमजोरीमा सुधार गरेर सेवामा सहज र सेवामुखी बनाउन काम गर्नेमा जोड दिने बताए ।

यसै विषयमा बोल्दै हेटौंडा अस्पताल बिकास समिति सदस्य उत्सव चौैलागाइले भने हामी अस्पताललाई सेवामुखि बनाउने अभियानमा छौं र लागीरहन्छौ । याहा सम्म आउन एकको मात्रै होइन । धेरैको भुमिका छ । त्यसैले सबै प्रति आभारी छौं ।
यहाँसम्म आइपुग्न अहोरात्र खटिनुहुने मेसु, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी विभिन्न बिधाका प्रशाशन कर्मचारी,कर्मचारी, कार्यालय सहयोगी, सुरक्षा गार्ड, जनप्रतिनिधि, आमनागरिक लगायत सन्चारकर्मीहरु त्यस्तै हेटौंडाउपमहानगरपालिका, बागमती प्रदेश सरकार, संघिय सरकार प्रति आभारी छौं ।”