मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा १ महिलाको हत्या गरेर खाल्डोमा गाडेको आरोपमा मकवानपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
वडा नं. ३ सिस्नेरी ज्यामिरे बस्ने रोज वाईबालाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको हो ।

 

प्रहरीले दिएका जानकारी अनुसार मंसिर १३ गते देखि वडा नं.३ ज्यामिरे बस्ने बिर बहादुर वाईबाको श्रीमती लगभग ३५ वर्षिया सरसस्वती वाईबा सम्पर्क बिहिन भन्दै प्रहरी चौकी सिस्नेरी मकवानपुरमा  खोजी गरिदिन निदेवन दिएका थिए ।

खोजतलास गरी पांउ भन्ने निवेदन आएपछि खोजतलासका क्रममा  गएको २४ गते बेलुकाको वडा नं. ३ सिस्नेरी ज्यामिरे स्थित रोज वाईबाको बारीमा अनुहार र कपडाको केही भाग देखि खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको हो ।

गाडिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धानलाई अगाडी बढाएको थियो।

घटनास्थलमा गई प्रारम्भिक अनुसन्धानको शिलशिलामा रोज वाईबालाई शंका लागी नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज सरस्वतीलाई मारी आफ्नै बारीमा खाल्डो खनि पुरेको हो भनि स्वीकार गरेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीले बताए अुुसार आरोपी वाइवाका विषयमा जिल्ला अदालत मकवानपुरबाट दिन ७ को म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको बताए।