आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

बुधबार हेटौंडामा क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरु सहित कार्यकर्ताहरुको भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका मकवानपुर क्षेत्र नम्बर २ ९ख० का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन गठबन्धन गरिएको बताए ।

अबका दिनमा निर्वाचनमा विजयी हुन आवाश्यक रहेको र मतको आधारमा जित शुनिश्चित रहेको बताएका हुन् ।

बानियाँ भन्छन् देशलाई टुक्रयाउछु भन्नेहरु र सिके राउत संग गठबन्धन गर्ने दललाई जनताले के आधारमा भोट हाल्ने ?