जनता समाजवादी (जसपा)  मकवानपुरको अध्यक्षमा सोम बहादुर घलान चयन भएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा गरिएको पार्टीको जिल्ला पुनर्गठन घोषणा कार्यक्रममा अध्यक्ष घलान सहीत २१ सदस्यीय जिल्ला समिति गठन भएको छ।

अध्यक्षमा चयन भएसंगै सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद समुन्नत सङ्घीय समाजवाद–जिन्दावाद भन्ने नारा अनुसार पार्टीको बिधि र बिधानमा रहेर सधै जनताको मर्म बुझेर काम घलानले प्रतिवद्धता जनाए ।

उनले कुनै व्यक्तीगत स्वार्थ भन्दा पर रहेर पार्टीलाई बलियो बनाउन र अहोरात्र जनताकै काम गर्ने बताएका छन् ।

समितिको उपाध्यक्ष योग बहादुर ब्लोन, दीपक सिन्तान, देव राज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा पर्वत स्याङ्बो, ग्रबे्रल च्योबाङ र कोषाध्यक्षमा रिता  चयन भएका छन् ।

त्यस्तै गरि सदस्यहरुमा वीरेन्द्र गोले, सन्त लोप्चन, मान बहादुर माझी, सुजन तामाङ, हर्क प्रजा, जेम्स प्रजा, राजकुमार घिमिरे, जित मान सिं वाईबा, सीता तामाङ, रन्जु गोम्जा, राधिका सिन्तान र जुरे बहादुर घिसिङ चयन भएका छन् ।