रोशन दिप- थाहा कला केन्द्र मकवानपुरको आयोजनामा थाहा नगरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराइएको हो ।

स्वास्थ्यको लागि खेल र थाहा कला केन्द्रको आयोजना तथा थाहानगर भलिबल संघको समन्वयमा ‘थाहा नगरकै पर्यटन प्रवर्धन हुने उद्देश्यमा भलिबल प्रतियोगिता आयोजना गर्न लाीगएको आयोजकले जनाएको छ ।

उक्त खेल आउदो असोज १४ गतेदेखि १७ गतेसम्म थाहा नगर वडा नम्वर ३ मा स्थित जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता गरिने थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए ।

भलिबलको धरोहर भएकै कारण –‘थाहा नगरमा आयोजना गर्न लागिएको  प्रतियोगितामा करिव ५० समुहको सहभागिता रहने अनुमान रहेको बताए ।

अनुशासीत टीमलाई समेत नगद ५ हजार, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्रदान गर्ने उनले बताएका हुन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए।

मुक्तानले बताए अनुसार यही असोज १ गते देखि १० गतेसम्म समुह दर्ताको लागि सूचना प्रकाशन गरि गर्ने र दर्ता शुल्क १ हजार १ सय रुपैयाँ तोकिएको छ ।

पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त सिटौला, कोषाध्यक्ष शंकर कार्की, थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घले लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।