नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आगामी मसिंर ४ गते हुने प्रदेश र संघको निर्वाचनको तयारीका लागि जुटेको छ ।

यसैक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको शुक्रबार बसेको बैठकमा निर्वाचनको तयारीका लागि स्थानीय तहमा पार्टीको गतिविधि ब्यापाक बनाउन सबै स्थानिय तहलाई निर्दैशन दिएको हो ।

आगामी निर्वाचनमा मकवानपुरको सबै निर्वाचन क्षेत्रमा राम्रो नतिजा ल्याउनका लागि पार्टीको गतिविधि सञ्चालन गर्न बैठकले निर्देशन दिएको हो ।
सोही क्रममा जनता पक्षमा मुख्य एजेण्ड निर्माण गरि गएको स्थानिय तहको निर्वाचनमा भएका कमिकमजोरी सच्याउदै मसिंरमा हुन निर्वाचनालाई लक्षित गर्न  निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलान मधु को सभाध्यक्षता जिल्ला ईन्जार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता

बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु को विशिष्ठ आतिथ्यतामा बसेको बैठकमा पार्टीको राजनीतिक ब्युरो सदस्य एबंम
केन्द्रीय सदस्यहरु आशा नेपाली, प्रमिला पुलामी लामा, प्रल्हाद लामिछाने, बिजय गौतम, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी ९छिन्तु० लगायतको उपस्थिति रहेको थियो ।