मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनारले न्याय पाउं भन्दै भौतारिएका छन् ।उनले वडा नं. ३ बस्ने नियमराज शाक्य बाट पिडित भएकाले न्याय मागेको जनाएका छन् ।

बुधाबार पत्रकार सम्मेलनको आयोजना गर्दै जालझेलमा पार्दै हेटौंडा १३ मा रहेको स्थित ११ कठ्ठा १६ धुर जग्गा आफ्नो नाममा पास गराईएको बताएका हुन् ।
आफु र बाबु भएर व्यवसाय गर्न घरभेटी समेत रहेका शाक्यसंग जग्गालाई दृष्टिबन्धकी राख्नेगरि नगद ५० हजार ऋण लिएको भएपनि आफ्नो बाबुलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गर्न लगाएको यनको आरोप छ ।

२०५४ साल बैशाख १९ गते दृष्टिबन्धकीको नाममा जग्गालाई शाक्यले आफ्नो नाममा राजिनामा गर्न लगाएर ‘शाक्यले अनपढ बुवालाई समेत झुक्याई राजिनामाको लिखित लेखिलेखाई गरेर सो जग्गा हडप्न खोजेको उनको भनाई छ ।

रकम बुझिलिएका बखत जग्गा फुकुवा गर्नेछु भन्दै शाक्यले विश्वासमा पारी उक्त जग्गा दृष्टिबन्धकी भनेर राजिनामा लिखित गरेको र जग्गा दिन नखोजेर अन्याय गरेको बताए ।

वर्षौ सुन पसल राखेर व्यवसाय गरेको र ‘जग्गा शाक्यको नाममा गएको भनेर थाहा पाएपछि हामी बाबुछोरा २०५९ सालमै शाक्यलाई भेट्न उनकै घरमा धेरैपटक गएपनि आफुले खरिद गरेको भन्दै फिर्ता नदिएको सुनारको भनाई छ ।

२०६३ सालसम्म पनि बाबुछोराले जग्गा फिर्ता गर्न रकम चुक्ता गर्न पटक पटक गरेको प्रयास समेत असफल भएको र सोहि वर्ष बुबाको निधन भएपछि झनै चासो नदिएको उनले बताएका हुन् ।

६३ सालमै शाक्यले मालपोत कार्यालयमा गएर राजिनामाको लिखित लेखाईसकेपछि रकम बुझ्नुपर्नेमा व्याजको विषयमा विवाद गर्दै जग्गा फिर्ता नगरि फर्किएको र उक्त जग्गा हालपनि आफैले भोगचलन गर्दै आएको बताए । शाक्यसंग पटकपटक जग्गा नामसारी गर्न अनुरोध गरेको तर उल्टै धम्की दिने गरेको समेत बताए ।

सुनार भन्छन् ” जग्गा नामसारी गरिदिनुहोस्,भनेर घर,पसलमा गएर रकम साँवा ब्याज हिसाब गर्न तयार छु हिसाब गरी चुक्ता गर्छु भन्दा कहिले काठमाण्डौ गएर आएर दिन्छु,कहिले बिरामी छु,कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्नुभएको छ ।अन्याय विरुद्ध जिल्ला अदालतमा मुद्दा दिएं तर हाल विचारधिन रहदाँ शाक्यले धम्की दिने र आफु र परिवारलाई मानसिक तनाव दिईरहनुभएको छ । मैले सम्मान पूर्वक बाच्न पाउने,सम्पतीको आर्जन,भोग र संरक्षण गर्न पाउने हक शुनिश्चित हुनुपर्छ । उक्त पैतृक सम्पती शाक्यबाट फिर्ता गराउन अनुरोध छ।”

हेटौंडामा ५२ वर्षदेखि लेखापढीको काम गर्दै आएका उदयराज ओलीले सुनार अन्यायमै परेको उल्लेख गर्दै दृष्टिबन्धकी राख्ने भनेपनि कानूनी रुपमा जग्गा अरुको नाममा गएको अवस्था रहेको बताए ।
सुनारको पैतृक सम्पत्तीमा हक रहेको र व्यवाहरिक पाटोबाट सुनार पिडित रहेको उनको भनाई छ ।
सुनारका छिमेकीहरु सानु लामा र मनमाया गुरुङले पनि शाक्यबाट सुनारमाथि विश्वासघात भएको र पीडितलाई न्याय दिनुपर्नेमा सबैले जोड दिनुजर्ने बताए ।