जिल्ला समन्वय समिति जिसस मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनबाट सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवार नेकपा माओवादी केन्द्रका घलानले १७ मत प्राप्त गदै विजयी भएका हुन् ।
जिसस प्रमुखमा घलान सहित उप प्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै विजयी भएका छन् ।
हेटौंडा उपमहानगर वडा नम्बर १२ वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका हुन् ।
जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत पाए ।
जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया, र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
नेकपा एमालेबाट बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरिन् ।
दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा १६ नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी १७ र सुवर्ण गोपाली े १७ मत सहित विजयी भएका छन् ।
नेकपा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरे ।























प्रतिक्रिया दिनुहोस्