जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनका लागि प्रमुखमा हालै सम्पन्न स्थानीय निर्वाचनबाट हेटौंडा १२ को वडा अध्यक्षमा निर्वाचित नेकपा माओबादी केन्द्रका ललित बहादुर घलानले उम्मेदवारी दिएका छन् ।

उनको प्रतिद्धन्दिमा नेकपा एमालेका इन्द्रसरोवरका बुद्धिराम डिम्डुङले प्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।

सत्तारुढ गठबन्धनबीचको भागबण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि वडाध्यक्ष नै उम्मेदवार बनेकाहुन् ।
तर, यही विषयले नेकपा माओबादीकै लक्ष्मि माझी “कृपा” रुष्ट भएकी छन् ।

घलानले उम्मेदवारी दिएपछि आफूलाई आश्वासन दिएर पार्टी धोका दिएको भन्दै गलत प्रवृत्ति विरुद्ध लड्ने घोषणा गरेकी छिन् ।

स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर पनि जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउने सहमतिमा ब्याक भएकी थिईन्। कार्य पालिका सदस्यमा मनोनीत पनि भइन् ।  तर, जिल्ला समन्वय समितिको उम्मेदवारी दिनबाट पनि पार्टीले रोकेकोमा दुःख व्यक्त गरिन् ।

बकैया गाउँपालिकाको अध्यक्षको उम्मेदवारी फिर्ता लिन पार्टीको जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरुको सहमति भएपनि यो मौका पनि नदिएको प्रवृत्ति विरुद्ध लड्ने बताएकी हुन् ।

जिसस सभापतिमा आउने बाटो बन्द गरिएपछि  उनले सामाजिक सञ्जालमा बिभिन्न धाराण व्यक्त गरिरहेकी छन् ।

यता उम्मेदवारी दिएका ललित घलान भन्छन् “कृपाजी ले पार्टीका लागी गरेको काम दिएको योगदान निकै छ । लक्ष्मिी जीलाई अन्याय भयो भन्ने होइन । उहा कार्यपालिका सदस्य पनि हुनुहुन्छ । हो उहाले २० औं वर्ष सम्मपनि बिना सेवा सुबिधा योगदान दिनु भएको हो।उहालाई म सम्मान गर्छु ।प्रमुखका लागी धेरैको दाबी हो ।उहालाई हटाएको होईन । गठबन्धनबाट पार्टीको निर्णयमा मलाई पठाउन उपयुक्त ठानेर म उम्मेदवार बनेको हुं।”

 

 

जिसस मकवानपुरको प्रमुखमा घलान र डिम्डुङको उम्मेदवारी