हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको भवनको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमकोबीच हेटौंडा–२,स्थित नगपालिका रोडमा करिब ७ करोड रुपैयाँको बजेटमा निर्माण सम्पन्न भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर भवनको उद्घाटन गरिएको हो । प्रदेश सरकारको ७ करोड २८ लाख रुपैयाँमा १ हजार ६ सय वेडको सेवा सुविधासहित नवनिर्मित भवनको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेका छन् ।
अस्पतालमा बिरामीका लागि राखिएको बेड ।
२०७९ जेठ २ गते भवन निर्माणका लागि सिलन्यास गरेर २ वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरिएको हो । यस अघि आयुर्वेद चिकित्सालयको आफ्नै भवनको अभाव भएको कारणले भाडाको घरमा चिकित्सालय सञ्चालन गर्नुपरेको समस्याको समाधान भएको छ । आयुर्वेद अस्पतालमा सेवाग्राहीहरुले योग परामर्श सेवा, ओ.पि.डि. सेवा, क्रियाकलाप सेवा, विशेषज्ञ ओ.पि.डि. सेवा, पूर्वकर्म–पञ्चकर्म सेवा, निःशुल्क औषधि वितरण, क्षारसूत्र सेवा, सःशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अग्रिकर्म र अकुपञ्चर सेवा दिइने छ ।
चिकित्सालयका अध्यक्ष अर्जुन ढकालको सभाध्यक्षमा तथा स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । उनले चिकित्सालय मार्फत इन्डोर सेवालाई प्राथमिकता दिएको बताएका छन् । योग, ध्यान र प्रणायामलाई प्राथमिकतामा राखेर संस्थागत गर्न आवश्यक रहेको उनले बताए । मानसिक, हाइपटेटिस रोग मानिसकै कारण उत्पन्न हुने उनको भनाई छ । स्वास्थ्य सम्बन्धी आधारभूत आवश्यकतालाई परिपूर्ती गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला प्रशासन कर्यालयकी प्रमुख स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी श्यामु अर्याल लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्