हेटौंडा। नेपाल प्रहरीको ७०औं प्रहरी दिवसको अवसरमा पर्सा जिल्लाको वीरगञ्ज महानगर पालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार बिहान वीरगंज महानगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ जना पुरुष प्रहरी, २ जना महिला प्रहरी र ६ जना सर्वसाधारण गरी कुल ६७ जनाले रक्तदान गरेका बताइएको छ ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, प्रहरी नायब उपरीक्षकहरू हरि बहादुर बस्नेत र किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, पर्सागढी नगरपालिकाका प्रमुख, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, तथा स्थानीय समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

















प्रतिक्रिया दिनुहोस्