हेटौंडा । मकवानपुर जिल्ला तेक्वान्दो संघले ५५ जना खेलाडीको ग्रेडिङ्ग गरेको छ । बिहिबार हेटौंडा–४,पारिजापथस्थित बहुद्देश्यीय कभर्ड हलमा मकवानपुरको विभिन्न पालिकाका ५५ जना खेलाडीको ग्रेडिङ गरेको हो । संघले ब्ल्याकबेल्ट फष्ट ड्यान र दोस्रो ड्यानका खेलाडीको ग्रेडिङ गरेको अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिएका छन् । ग्रेडिङमा सहभागी खेलाडीको सेल्फ डिफेन्ड्स, पुम्से विधा, १ स्टेप स्पाइरिङ लगायतका कलालाई प्रदर्शनी गरेर त्यसकै अधारमा उनीहरुको मूल्याङ्कन गरेर ग्रेडिङ गर्ने गरेको अध्यक्ष बज्राचार्यले बताएका हुन् ।
संघले ६÷६ महिनाको अवधीमा खेलाडीलाई ग्रेडिङ कार्यक्रममा सहभागी गराउने गरेको उनले बताए । उनले तेक्वान्दो खेलको मार्फतबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादन भएको दावी गरेका थिए । यस्तै, ग्रडिङ कार्यक्रमकै अवसर पारेर मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, सदस्य मदन उप्रेती र कृष्ण रुम्बालाई अध्यक्ष पदको जिम्मेवारी पाएकोले कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा तेक्वान्दो खेलाडीहरु विभिन्न डेमोष्ट्रेसनको कलाको समेत प्रस्तुती गरेका थिए ।
संघका अध्यक्ष बज्राचार्यको सभाध्यक्षमा तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन समारोह भएको हो । पालिका अध्यक्ष घलानले खेलाडी उत्पादन गर्नका लागि विद्यालय स्तरदेखि नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराएर अगाडि बढ्न आवश्यक रहेको बताए । उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, संघका सल्लाहकार ठाकुरराज सुवेदी र बागमती गाउँपालिका ४ नम्बरका वडाध्यक्षको उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्