मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला ।

बृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुस्ख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ समान किनमेल हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कर्कट राशिका लागि आज पनि समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सिंह राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, द्खको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश र हतास नहुनुहोला ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसंग पैसा लिएर काम गर्ने गर्नुहोला ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउ“बाट धन प्राप्त हुन सक्नेछ । जमीन किन्नु छ आज किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन् । समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिका लागि आज पनि जन्मराशिदेखि नवौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउ“मा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशि भएकाहरूका लागि आजको दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसंग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिका लागि आज पनि समय शुभ छ । दुस्ख कष्टहरु हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशि भएकाहरूका लागि आज पनि समय खराब छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।