हृदय रोग प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष विजय कुमार वैद्य

मकवानपुर /  नेपाल हृत्द रोग निवारण प्रतिष्ठान शाखा मकवानपुरको अध्यक्षमामा विजय कुमार वैद्यलाई निर्वाचित गरिएको छ । हेटौंडा–२ स्थित मोटल एभोकाडोमा भएको १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट वैद्यलाई सर्वसम्मत तरिकाले अध्यक्ष पदमा निर्वाचित गरिएको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा धुर्व भुजेल निर्वाचित भएका छन् भने द्धितीय उपाध्यक्षमा निर्वाचित हुने कार्यसमितिको कारणवस अनुुपस्थिति भएकोले द्धितीय उपाध्यक्ष पछि नियुक्त गरिने छ । सचिवमा प्रहलाद घिमिरे, सहसचिवमा अर्जुन प्रसाद वाग्ले, कोषाध्यक्षमा अनिता न्यौपाने र सहकोषाध्यक्षमा निमर्ला अधिकारीलाई निर्वाचित गरिएको छ ।

 

नवनिर्वाचित कार्यसमितिरुको तस्विर

]

नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षसम्म रहनेछ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले साधारण सभाको उद्धाटन गरेकी हुन् । प्रतिष्ठानका निवर्तमान निर्वतमान अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षमा भएको कार्यक्रममा रोटरी क्लब अफ हेटौंडा अध्यक्ष स्वागत राज प्याकुरेलको पनि उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी