हेटौंडा। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा-१ अन्तिम ८ मा प्रवेश गरेको छ । शनिबार हेटौंडा-५,स्थित पिप्ले-क्याम्पा रङ्गशालामा भएको पहिलो खेलमा जीत निकाल्दै हेटौंडा-१ अन्तिम ८ मा प्रवेश गरेको हो । हेटौंडा-१ ले हेटौंडा-६ लाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि टाइब्रेकरबाट निर्णय निकालिएको थियो । खेलको म्यान अफ द म्याच हेटौंडा-१ का गोलरक्षक योगेन लामा घोषित भएको नगर खेलकुदका सदस्य विजय गौतमले बताएका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि जितेको हेटौंडा–४ हेटौंडा–११ सँग उद्घाटन खेलमै पराजित भइसकेको छ ।


















प्रतिक्रिया दिनुहोस्